• कर्णाली प्रदेश सरकार

    उद्याेग,पर्यटन, वन तथा वातावरण मन्त्रालय

    प्रदेश वन निर्देशनालय

    डिभिजन वन कार्यालय, रुकुम पश्चिम

    मुसिकोट रुकुम पश्चिम


    • पालिका स्तरीय समन्वय वैठक
    • डिभिजन वन कार्यालयको भवन
    • रुकुम पश्चिमको चौरजहारी
    बसन्तबाबु श्रेष्ठ

    बसन्तबाबु श्रेष्ठ

    (कार्यालय प्रमुख)
    डिभिजनल वन अधिकृत (नवौं)
    खड्क लाल नेपाली

    खड्क लाल नेपाली

    (सूचना अधिकारी)
    वन अधिकृत सातौ
    हाम्रो बारेमा

    रुकुम पश्चिम जिल्ला कर्णाली प्रदेशको एक मध्ये– पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा रुकुम पूर्व, पश्चिममा जाजरकोट, उत्तरमा डोल्पा र दक्षिणमा सल्यान र रोल्पा जिल्लाहरु रहेका छन । नेपालको मानचित्रमा हेर्दा २८ डिग्री २९ मिनेट उत्तरी अक्षांस र ८२ डिग्री २९ मिनेट पुर्वी देशान्तरको बिचमा अवस्थित छ । भौगोलिक हिसाबले समुन्द्र सतह देखी दक्षिणमा ७३२ मि. (चौरजहारी फाँट ) देखि उत्तरमा ६७२० मि. (चित्रेपाटन) को उचाई सम्म फैलिएको यस जिल्लाको जम्मा क्षेत्रफल १२१३।४९ वर्ग कि.मि. रहेको छ । हावापानीको आधारमा यस जिल्लामा उपोष्ण Sub-Tropical देखी शितोष्ण Temperate प्रकृतिको हावापानी पाइन्छ । विकास निर्माणको हिसाबले विगतका दशकहरुमा पिछडिएको भएता पनि यो जिल्ला पछिल्ला वर्षहरुमा विकासको गति तिब्र हिसाबले बढि रहेको छ । यस जिल्लाका अधिकांश मानिसहरु वन श्रोतहरुमा निर्भरता रहेको भएता पनि पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीका साथै रोजगारीका विकल्पहरु बढेसँगै वन श्रोतहरुमा निर्भरता महसुश गर्न सकिन्छ । तथापि विकास निर्माणका कार्यहरुको तिब्रताको कारणले गर्दा प्राकृतिक श्रोतहरुमा चाप भने बढिरहेको देखिन्छ ।

    पर्यावरणिय हिसाबले रुकुम पश्चिज जिल्लामा अत्यधिक मात्रामा विविधता रहेको पाइन्छ । समुन्द्र सतह देखी १००० मि. भन्दा तल्लो भाग देखी करिब ६७०० मि.सम्मको उचाईको विविधता कायम रहेको कारण समेत रुकुम पश्चिम जिल्लामा उपोष्ण देही शितोष्ण प्रकारको वन रहेका पाइन्छ । डोबे्रमेज र शाक्य (१९७५) ले हावापानी र पारिस्थितिकिय पद्धतिको आधारमा गरेको वर्गिकरण अनुसार रुकुम पश्चिम जिल्लाको वन क्षेत्रलाई जम्मा ९ प्रकारमा विभाजन गर्न सकिन्छ जसमा ८ प्रकारका वन तथा १ प्रकारको हिम क्षेत्र रहेको छ । समुन्द्र सतहदेखीको उचाई र हावापानीको आधारमा यस जिल्लाको वनलाई निम्नबमोजिम वर्गिकरण गरिएको छ ।

    वन श्रोतको हिसाबले यस जिल्लाको मुख्य वन उपोष्ण खोटे सल्लाको वन हो । यस जिल्लाको सबैभन्दा ठुलो क्षेत्र सल्लाको वनले ढाकिएको छ । जिल्लाको तल्लो भागमा भने पहाडि सालको वन रहेको पाइन्छ भने माथिल्लो भागमा देवदार सल्लो, खस्रु, बाँझ, गुराँस लगायतका प्रजातीको वाहुल्यता रहेको पाइन्छ । जैविक विविधताको हिसाबले सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा पर्ने मौराखारा वन क्षेत्र, आठविसकोट नगरपालिका अन्तरगत झारमारे क्षेत्र, र चित्रेपाटन क्षेत्र, मुसिकोट नगरपालिकाको साँख र घोरखानी क्षेत्र महत्वपुर्ण क्षेत्रका रुपमा रहेका छन । 


    दृष्टिकोण, लक्ष्य र उदेश्य

    दृष्टिकोण

    वातावरणमैत्री विकास र हरित अर्थतन्त्रको निर्माण ।

    लक्ष्य

    वन, वातावरण र जैविक विविधताको संरक्षण गर्दै हरित रोजगारीको श्रृजना गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउनु ।

    उद्देश्य

    डिभिजन वन कार्यालय रुकुम पश्चिमको मुख्य उद्धेश्यहरु देहायबमोजिम रहेका छन ः

    १. जिल्लाको वन व्यवस्थापनबाट स्थानीय समुदायका वन पैदावारमा आधारित आवश्यक्ताहरुको परिपुर्ती गर्ने ।

    २. वन, वातावरण, वन्यजन्तु लगायत जैविक विविधताको संरक्षण गर्ने ।

    ३. वन अपराधको नियन्त्रण गर्ने ।

    ४. वन पैदावारमा आधारित उद्योगहरुलाई कच्चा पदार्थको आपुर्तीमा सहजिकरण गर्ने ।

    ५. हरित रोजगारी श्रृजना गर्ने ।

    प्रकाशन
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    सूचना/ समाचार
    शीर्षक डाउनलोड
    सिलबन्दि दरभाउपत्र स्वीकृत गर्ने आसयको सूचना।
    पुन बोलपत्र आवहान सम्बन्धी सूचना
    प्रस्ताव अाव्हान सम्बन्धी सूचना
    आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने आयोजना प्रस्ताव दर्ता गर्ने सम्बन्धी सूचना
    गुनासो सुन्ने अधिकारी तोकिएको वारे
    थप हेर्नुहोस्
    सम्बन्धित जानकारीहरु

    © 2023 Copyright : डिभिजन वन कार्यालय रुकुम, रुकुम पश्चिम
    Developed By: Business Online Service